कैयौं दिनसम्म प्यासले छटपटाएको हरिंणलाइ पानि भेटाउँदा हुने खुशी भन्दा कम थिएन मेरो खुशी पनि । एक हप्तासम्म अनवरत रिसर्चको कामले ल्याबमा रातदिन नभनि काम गर्दा पनि सोचेजस्तो रिजल्ट नआउँदा भाउन्न भएको मलाइ आजको रात भने सबै कुरा भुलेर केही घण्टा आफ्नो हिसाबले जिन्दगी जिउने मन थियो । उइकेन्ड त हो मेरो आफ्नो भनेको । त्यो पनि ल्याबको काम, होमवर्क र असान्मन्टले लौरो बजारेन भने । प्राय व्कि डेजमा त कि ल्याबका रियाजेन्टले त कि ड. थोमसका इमेलले ममाथि हुकुम चलाउँछन् । यो रिसर्च कहिले सकिएला ? कहिले ग्रयाजुयट भइएला र खुखको सास फेरौंला भन्ने हुटुहुटिले मेरो मगजका न्युरानेहरुलाइ उचालिरहन्थ्यो । दिउसो २ बज्दा नबज्दै मेरो आँखा बारम्बार रिसर्च ल्याबको भित्तामा झुण्डिएको घडिमा पुगिरहन्थे । समय झन् भन्दा झन् ढिलो हिँड्थ्यो, खेतको गरामा दाइँ गर्न हिडेंको बुढो गोरुजस्तो । लाग्थ्यो समयले मलाइ जिस्काइरहेछ । मलाइ यस्तो लाग्न थालेको पनि एक बर्ष पुग्नै लागेको थियो । मनको भुगोल भने एउटा दृढ निश्चयले ओगटेको थियो । म जुन उदेश्य लिएर परदेश फिरेको हुँ एक दिन त्यो पुरा गरेर छाड्नेछु र समयलाइ दुबै हातको माझि औंला देखाइदिनेछु जसरि अहिले मिनेट मिनेटमा भित्ताको घडिले मलाइ देखाइरहेछ । घिस्रिरहेको समयले बल्ल बल्ल दिनको ३ बजाएको थियो । अझै २ घण्टा बाँकि थियो मैले आँफुले चाहे मुताविकको केही घण्टा बिताउने । हातले टेस्टट्युव समाइरहेका थिए भने घडिले समय समाइरहेको थियो । बाघले आफ्नो सिकार समाए जस्तो च्याप्प । ला बर्बाद भयो...फेरि पनि इक्सपेरिमेन्ट बिग्रियो । केही घण्टा रमाउने ध्याउन्नमा हातको पाइपेटले कतिबेला गलत स्याम्पलमा रियाजेन्ट हालिदिएछ पत्तै भएन । फेरि घडितिर हेरें, घडिको मुहारमा बेग्लै हाँसो थियो, स्कोर्नफुल हाँसो । साला फेरि पनि समयले मलाइ माझि औंला देखाइदियो । यसैलाइ भन्छन् स्टुपिडिटि । अर्को एक दिन मै आँफैले स्वाहा पारेको थिएँ । त्यतिकैमा ल्याबको डेस्कमा रहेको मेरो मोबाइलले आवाज दियो । छोटो आवाज । टुड===टुड्। मन नलागि नलागि मोबाइल हेरें । स्क्रिनमा जिमेलको नोटिफिकेसन थियो । लक भएको मोबइलको स्क्रििन अनलक गर्न मोबाइलको स्क्रिनमा औंला नचाएँ । लौ अनलकनै हुदैंन त । फेरि अर्को प्रयास गरें त्यो पनि विफल भयो । बल्ल सम्झें विहान मात्रै मैले सिक्योर्टि प्याटर्न चेन्ज गरेको थिएँ । अर्को प्रयास भने विफल गएन । हत्तपत्त जिमेल अकाउन्ट खोलेँ । जे कुराको डर थियो त्यहि भयो । ड. थोमसको इमेल थियो त्यो । इमेल पढें । लेखिएको थियो, हेलो प्रबल, ह्वाट आर यु अप टु < आइ उड् लभ टु सि द रिजल्टर्स अफ द ल्याब इक्सपेरिमेन्ट नो लेटर द्यान मनडे । प्रो ड= थोमस । लौ मार्यो । आजै एउटा इक्सपेरिमेन्ट बिग्रियो फेरि सोमबार सम्ममा रिर्जल्ट बुझाउनु पर्ने भो । मन नलागि नलागि इमेलको रिप्लाइ लेखें । ड. थोमस, आइ एम वर्किडं अन द्याट, इफ इभ्रिथिगं गोज फाइन आइ सुड् बि एबल टु सो द रिजल्ट बाइ मनडे । रिगार्डस् । प्रबल आचार्य ।
अहिले भने घडिले पाँच बजाएको थियो । एउटा नेपाली उखान सम्झें । लगन पछिको पोते । आजको रात के रमाइलो गर्नु खै । मनमा टेन्सन बोकेर के रमाइलो होला र । ल्याबको साँचो लगाएर बाहिर निस्किँनै लाग्दा फेरि मोबाइलको घण्टी बज्यो । खोलेर हेरेँ । सन्दिपको म्यासेज रहेछ । वोइ दोर्जे याद छ नि ? आज डिनर मेरोमा । नबिर्सिनी फेरी । मस्ति गर्नुपर्छ आज । सि यु । सन्दिपले डिनरको लागि एक हप्ता अगाडि बाट प्लान बनाएको थियो । नजान पनि सक्दिन जान पनि खासै मन छैन मलाइ । केही घण्टा अघिको म र अहिलेको म लाइ तुलना गरेँ । केही घण्टा अघि मभित्र रहेको उत्साह कुनै युद जितेको सिपाही जस्तो थियो भने अहिले भनने सम्पुर्ण पत्रहरु ओइलाएर हाँगाबाट खस्ला खस्ला गरेको फूलजस्तो स्थितिमा थिएँ म । मान्छेको मन पनि कति संवेदनशिल, कति चनचल । सानै कुराले आकाश छुने अनि सानै कुराले भुइँमा पछारिने गोलि लागेर युद मैदानमा ढलेको सिपाहि जस्तो । फेरि सोचें म पनि एउटा योदा हो र मेरो जिन्दिगि एउटा यूद । एक्कासी कुनै एउटा मुभिको वार प्लट दिमागमा देखा पर्यो । सम्झे त्यो सिनमा कुनै आर्मि कमाण्डर भनिरहेको थियो, Our plan A has failed, everybody lets go for plan B। मैले पनि सोचें समयको भर छैन मैले पनि प्लान बी बनाउनु पर्छ । एकपटक आकाशतिर हेरेँ भगवान् सम्झिएँ र भने प्रभु मलाइ प्लान बी को जरुरत कहिल्यै नपरोस् । मनमा अनेक कुरा खेलाउँदा खेलाउँदै म मेरो कोठामा आइपुगेको थिएँ । धन्न कोठा युनिभर्सिटि बाट नजिक छ र आजसम्म गाडी नकिने पनि चलिरहेकै छ । नत्र यो अमेरिकामा गाडीबिना त डेग चल्नै मुस्किलछ । केही पर्यो, ग्रोसरी गर्नुपर्यो भने सन्दिपेले हेल्प गरिहाल्छ ।
कोठा खोलें र भित्र पसें । यसो आफ्नो कोठा हेरें लिभिडं रुमको भित्तामा स्वयम्भुका दुइ आँखाले एकतमासले मलाइ हेरिराखेका थिए । ती आँखाले केही भने जस्तो लाग्यो । देश छोडेर परदेश फिरेको छस् आफ्नो उदेश्यबाट बिचलित नहुनु , सबैको भलो गर्नु तेरो आँफै भलाइ हुन्छ । स्वयम्भुनाथको पोस्टरका दुबै छेउमा टाँगिएका नेपाली झण्डाले आफ्नो जन्मभुमी कहिल्यै नभुल्नु भनेजस्तो लाग्यो । अब भने मेरो आँखा अगाडी त्यही सडक, तिनै घर , साथीभाइ र स्टमित्र नाचिरहेका थिए । भोक लागेजस्तो भयो । टेबलमा रहेको पाउरोटीमा जाम दलेँ र चिया पकाउन किचन तिर लागें । दिउरी निकाले, फ्रिजमा रहेको अलिकति दुध खन्याएँ, थोरै पनि हालें, चियापत्ति हालें र चिनिको भाँडो खोलें । लौ खत्तम, चिनि त सक्एिको रैछ । चिया खान मन लाग्या बेला चिनि छैन । थुक्क जिन्दिगी । फेरी नेपाल सम्झें । चियापत्ति, चिनि जे सकियोस् न दुइ पाइला हिँड्ने बित्तिकै गा्रहक लुट्न बसेका व्यापारिले दाँत देखाइहाल्थे । यो अमेरिकामा त्यस्तो मज्जा काहाँ छ र । ठ्याक्कै वालमार्ट पुग्नुपर्छ । आँफैलाइ हाँसो लाग्यो । फ्रिज खोलेर जुस निकाले । जुस र जाम पाउरोटी खाएपछि भोक हरायो । किचनको सिन्कमा हिजोदेखीका भाँडाले दाँत बजार्दै बसेका थिए ए भाइ मलाइ माझ्ने होइन भनेर । अब भने एकछिन भाँडा माझ्नतिर लागें । धुमधुमति के भाँडा माझ्नु भनेर पुराना नेपाली गित बजाएँ । मेरो मोबाइलमा नारायण गोपाल गाइरहेका थिए । केही मिठो बात गर रात त्यसै ढल्कँदैछ, भरे फेरी एकान्तमा रुनु त छँदै छ । भांडा माझें र कोठा सफा गरें अब भने बल्ल कोठा कोठा जस्तै देखिइरहेको थियो । कोठाको अर्को भित्तामा आँखा गयो जहाँ राधेमोहन मुखन खाँदै मुस्काइरहेका थिए ।
आज फेरी अर्को शुक्रबारको साँझ । सधैझैं घडिले लगभग ८ बजाउँनै लाग्दा मोबाइल बज्यो । मोबाइल टेबलमा थियो म भने काउचमा बसेर ल्यापटमा औंला दौडाइरहेको थिएँ बेलगाम । युटुवमा आँफुलाइ मपर्ने गित खोजिरहेको थिएँ । आज भने केही फास्ट बिट सुन्ने मन थियो । अरुबेला र आज गितको फ्लेवर फरक थियो । लाग्यो घरबाट आएको कल हुनुपर्छ । मलाइ घरबाट कलगर्ने दिन प्रायजसो शुक्रबार राति हो । यतिबेला पक्कै पनि विहानको चियाको चुस्किसँगै बुवाले सम्झिनुभएको होला । नजिकै आमा बसेर फोन लाग्यो, प्रबलले फोन उठायो भनेर बुवालाइ सोधिरहनु भएको हुनुपर्छ । मोबाइल हेरेँ घरबाटै आएको कल रैछ । कुरा गरें । बुवासँग त धेरै कुरा हुँदैन । के छ कसो छ, सन्चै छस् पढाइ कस्तो चलिरहेको छ , रिसर्च कस्तो भैरहेको छ इत्यादि । आमा सँगपनि धेरै गफ हुदैन फोनमा । बुवासँग भन्दा भने अलिक बढी समय हुन्छ । मलाइ थाहा छ आमाले मलाइ सोध्ने प्रश्नहरु । सधैं तिनै प्रश्न दोहोरिन्छन् साथमा थोरै मात्र नयाँ कुरा । आमाले मलाइ सोध्ने प्रस्नहरु सन्चै छस् < खाना कत्तिको खान्छस् < राम्रोसँग त रुच्छ नि खाना < यस्तै यस्तै । आज पनि तिनै प्रश्नहरु दोहोरिए । मेरो उत्तर पनि सधैंको जस्तो एउटै थियो । यि प्रश्नहरु सुनेर म कहिल्यै थाक्दिन । ति प्रस्नहरुका शब्द शब्दमा तौलन नमिल्ने आमाको मायाँ मिसिएको हुन्छ । मेरी आमा जो आँफु नपढेको भए पनि छोरोले धेरै पढोस् भन्ने चाहान्छिन् । कसैले फेसबुकमा सेयर गरेको थियो कुनैदिन भगवान् एकै समयमा सबैसँग नहुने हुनाले आमा पठाइदिएको रे । सधैं सोधिने प्रस्नभन्दा केही नयाँ कुरा थिए आमासँगको कुराकानिमा आज । आमाले सोध्नुभयो बिहे कहिले गर्छस् < मसँग यो प्रस्नको उत्तर थिएन त्यसैले आमाको प्रस्नलाइ हाँसोमा टारिदिएँ । आमासँग बिदा भएपछि मेरो दिमागमा सोही प्रस्न बारम्बार आइरह्यो । आज बल्ल लाग्यो अब म सानो रहिन । आमाको मुखबाट जिवनमा पहिलोपल्ट विहेको प्रस्न सुनेपछि म अवाक भएको थिएँ ।
समयलाइ कसरी परिभाषित गरुँ म । शत्रु ठानुँ कि मित्र । शत्रु ठान्ने हो भने कुनै सानो शत्रु होइन यो समय । मित्र ठानुँ भने सबैभन्दा ठुलो मित्र । शत्रु मानुँ भने अजात शत्रु हो यो समय । हतियार जस्तोसुकै प्रयोग गरौं न, समयलाइ परास्त गर्न कसैले सक्दैन । शत्र, यस्तो शत्रु जसलाइ युद् मैदानका कुनै नियमले छुँदैन, जो निरन्ततर र अथाक्य रुपमा प्रहार गरिरहन्छ जसको चोट यति गहिरो हुन्छ जो नापेर नाप्न सकिँदैन । मलाइ पुगेकै थियो आमाको काख जसमा गुटमुटिएर आमाको न्यानो मायाँले शुशोभित भैरहेको थिएँ । बिस्तारै समय बित्दै जाँदा त्यो काखको न्यानोपन पनि कम हुँदै गयो । दिनभरि धुलोमाटोमा आँफुजस्तै साथिसँग भाँडाकुटी खेल्दाको त्यो रमाइलो आज कहाँ < समझ थिएन असल र खराबको , समझ थिएन सही र गलतको, सफा र फोहोरको पनि समझ थिएन त्यो समयमा तर पनि मेरो आनन्दको, हर्षको अनि सन्तुष्टिको मात्रा जोखेर जोख्न नसकिने थियो , लेखेर लेख्न नसकिने थियो, भनेर भन्न नसकिने थियो । त्यसैले भनिएको होला “ ignorance is biss ” भनेर । ति सारा पल मबाट खोस्यो बिस्तारै समयले । खोस्यो निरन्तर, अनवरत नजानिँदो ढंगले । त्यसैले समय मेरो सबैभन्दा ठुलो शत्रु हो । मैले बुझिन सायद या बुझ्ने क्षमता थिएन । मेरी आमाले पिठ्यु पछाडि झोला भिराएर स्कुल पुर्याउँदाको समय मैले कहिल्यै बुझिन म बिस्तारै समयले ल्याउँदै गरेको जिम्मेवारीको भारि बोक्नको लागि तयार हुँदैछु । यो समयको मैले केही बिगार गरिन, न मैले कुनै चिज मागेँको थिएँ समयसँग । मागेँ धेरै कुरा मागेँ , नदिँदा रोएँ पनि, कति छाक त खाना खानै नमानि मागेँ, मेरा बा आमाको गक्षले भ्याउने पनि मागेँ नभ्याउने पनि मागेँ ।आज ति दिन सम्झनामा मात्र सिमित छन् । ति दिन सबै खोसेको हो समयले । त्यसैले समय मेरो शत्रु हो ।
शुत्रबार साँझ आँफुबस्ने अपार्टमेन्टको बार्दलीमा बसेर यस्तै सोचिरहेको थिएँ । पकेटबाट क्यामेल क्रस सिर्गेट निकालेँ र सल्काएँ र एक सर्को तानेँ । दिमागले फेरी अर्को ढंगबाट समयलाइ तौलन खोज्दै थियो । चुरोटको अर्को सर्को तान्दै बार्दलीबाट अाँखाले भ्याउन सक्ने सम्मको दृष्य आँखामा कैद गरेँ । चारैतिर झिलिमिलि छ, अँध्यारो भन्ने दुर दुरसम्म छैन । अपार्टमेन्ट नजिकै रहेका बारहरुमा बजिरहेका अंग्रेजि गितका आवाज मेरो कानसम्म आइरहेको छ । हावाले मेरा दुइ औंलामा च्यापिरहेको चुरोबाट धुवाँझन् जोडले उडाइ रहेको थियो । दिमागले अर्को तवरले समयलाइ आँक्ने निर्णय गरिसकेछ । चुरोटको अर्को सर्को ताने र फेरी केही समय सोचमग्न भएँ । समय मेरो मित्र हो सबैभन्दा मिल्ने मित्र जसले मलाइ कहिल्यै छोडेन र छोड्दैन अन्तिम स्वाससम्म । असह्य पिँडा दिने त्यही समयले बिस्तारै चोट भर्दै पनि जान्छ । पिँडा कम हुँदै जान्छ र अन्तत्वगत्व जस्तोसुकै पिडाँदायि विभत्स घटना किन होस् सम्झनामा मात्र सिमित गराइदिन्छ समयले । समयले मौका दिन्छ, दोस्रो मौका, तेस्रो मौका र त्यस्ता धेरै मौकाहरु जसको सदुपयोग आफ्नै हातमा हुन्छ । नेपाल बाट अमेरिका जस्तो सम्पन्न देशमा उच्च शिक्षाको लागि आउन पाउनु पनि एउटा मौका हो मेरालागि, सयमले दिएको मौका । प्रत्यक पाइलामा समयले पाठ सिकाइरहेको हुन्छ । समयले आज सिकएको पाठलाइ हृदयंगम गर्दै भोलिको सुनैलो भविष्य कोर्न जान्नुपर्छ मान्छेले । प्रत्यक गल्तिबाट पाठ सिकेर आफ्नो जिवन सुन्दर बनाउन सफल थोरै मानिसहरु छन् । बर्षहरु बित्तैजाँदा हामि हिँडेको बाटोमा कैयौं साथिहरुसँग पनि भेटाइदिन्छ समयले । कति यस्ता साथि बन्न पुग्छन् जोसँग सारा पिर व्यथा पोख्न सकिन्छ र असल सुझब र सहयोगको अपेक्षा पनि खेर जाँदैन । त्यसैले समय सबैभन्दा राम्रो साथी पनि हो । यस्तै यात्राको दौरामा एक बर्षअघिमात्र मैले एउटा असल साथि भेट्टाएको छु सन्दिप ।
हातमा आगोले पोल्यो र म सोचको महासागरबाट बाहिरिएँ । हातमा रहेको चुरोटको आगाले फेँदसम्मको यात्रा तय गरिसकेछ यो दौरानमा । हत्त्पत्त चुरोटको ठुटो भुइँमा फालेँ, खुट्टाले कुचेँ रे निभाएँ । त्यसपछि त्यो ठुटो टिपेँ र कोठाभित्र पसेँ र trash मा फालेँ । चुरोटको ठुटो trash मा फाल्दैगर्दा फेरी नेपाल पुग्न मन लाग्यो मलाइँ । यस्ता हजारौं चुरोटहरुले मेरो एकान्तमा साथ दिएका थिए नेपालछँदा पनि तर पनि चुरोटको ठुटो निभाएर trash मा फालेको मलाइ सम्झना छैन । चुरोट पियो र ठुटो निभाएर जहाँ पायो त्यहिँ फालिदियो । वातावरण प्रदुषणको कसलाइ के मदलब । अझ अर्को कुरा सम्झेँ र मज्जाले हासेँ । नेपाल सरकारले सार्वजनिक स्थानमा चुरोट पिउनेलाइ दण्ड जरिवानाको नियम लागु गरेकै केही दिनपछि नेपाल सरकारकै एक मन्त्रिले संसद भवनमै चुरोट पिएको तस्विर सहितको समाचार प्रकाशित गरेको थियो एउटा राष्ट्रिय दैनिकले । ति मन्त्रिलाइ कार्यवाहि भयो भन्ने समाचार भने कहिल्यै सुन्न पाइएन ।
सार्वजनिक स्थानमा चुरोट पिउन नपाउने कानुन लागु भएको पनि आज धेरै भइसक्यो तर अहँ आजसम्म त्यसको पालन कसैले गरेजस्तो लाग्दैन मलाइ न कसैलाइ कार्यवाही भएको होला । सुरुसुरुमा भयो होला २, ४ जनालाइ कार्यवाही त्यसपछि छु मतलब । यस्ता धेरै किस्साहरु छन् नेपाली समाज र नेपाली राजनितिको जसले हाँसो पनि उठाउँछ र रिस पनि । अस्तव्यस्त समाज र फोहरी राजनिति जन्माउने अपराधमा मेरो पनि हिस्सा छ थोरै भए पनि अनि अरुपनि साझेदार छन् मजस्तै नेपाली जनता । एैले भने आँफैसँग रिस उठ्यो । अमेरिका बसाइको एक बर्षे यात्रामा मैले बुझेको कुरा सिस्टम आँफैले बसाल्ने हो । अरुले के गर्छ के गर्दैन भन्दा पनि आँफुले सहि गर्नुपर्छ । राम्रो कुराले राम्रै भाइब्रेसन पैदा गर्छ र त्यसको सिको ढिलो चाँडो सबैले गर्छन । यो शहरको चिल्ला र सफा सडक देखेर मलाइ डाहा लाग्छ । नेपाल अझै किन यस्तो हुन नसकेको । चिल्ला सडक बनाउन सरकारको मुख ताक्नुपर्ला तर सफा सडक बनाउन त पर्दैननि । कसैले पनि जथाभावि फोहर नगर्ने हो भनेमात्र पनि नेपालका सडकहरु केही हेर्न लायक देखिन्थे । अमेरिकाको रिसगर्नु पनि बेकार हो । यहाँका मानिसले गर्ने मेहनतको फल हो यहाँका चिल्ला सडक, गगनचुम्बि भवन र सारा बैभव । अमेरिका नेपालभन्दा धेरै विकसित छ तर सँगै छन् यहाँका नराम्रा पक्षहरु प्नि । अमेरिका भन्दा नेपाल धेरै धनि र राम्रो छ प्राकृतिक हिसाबले । बस नेपालि जनताको चेतनामा बृदि र नेपालि राजनिति स्थिर हुनेहो भने के गर्न सक्दैन र नेपालले ।। के हुन सक्दैन र नेपालमा ।
रात छिप्पिँदै भएर होला सायद बारमा घन्किएका गित सँगितको धुन अझ चर्को हुँदै थियो । आकाशमा टम्म बादल थिए र सँगै हावाको वहावले चिसो बढाइरेको थियो । युवाहरुको भाषामा भन्दा मौषमले आज च्यालेन्ज गरेको थियो । कोठा बाहिर बसेर चुरोट पिउनुको मजा बेग्लै हुँन्छ । रुमबाट गिटार लिएर फेरि बाहिर गएँ । खल्तिबाछ अर्को चुरोट झिकेर सल्काएँ । केही सर्को तानेपछि के भयो खै चुरोट पिउन मन लागेन । चुरोट निभाएँ र ठुटो आफ्नो खुट्टाले च्यापेर राखेँ । चुरोटको ठुटो हावाले नउडावस् भनेर म सर्तक भएँँ । अब मलाइ जथाभावि फोहर गर्नुछैन । सानो सानो नराम्रो बानि सुधार्दै गए मान्छे सुध्रिन्छ भन्ने कुरामा मलाइ पुर्ण विस्वास छ । सुधार्नै पर्ने सबैभन्दा ठुलो कुरा त मैले जति गरेपनि सुधार्न सकेको छैन । मलाइ चुरोट छोड्नु छ जसरि पनि तर आजसम्मको प्रयास सबै विफल भएर गएकाछन् । कहिले काहिँ सोच्छु कोही मलाइ सुधार्ने मान्छे भेटियोस् । मैले तान्दै गरेको चुरोट मेरो हातबाट जबरजस्ति खोसेर फालिदियोस् र भनोस् अबदेखी तिमिले फेरि चुरोट पियौ भने मसँग नबोले हुन्छ । सायद म त्यहि पल र व्यक्तिको प्रतिक्षामा छु ।
गिटार हातमा समाएर एउटा नेपाली गित गाउन सुरु गरेँ । यति चोखो यति मिठो दिउँला तिमिलाइ मायाँ =====। स्वर अलि चर्कै भएछ क्यारे । बार जानलाइ ठाँटिएर म बस्ने अपार्टमेन्टकै अलिक परको कोठामा बस्ने दुइ ठिटिहरुको आँखा मतिर तानिएको मैले महसुस गरेँ । एक मनले त लाग्यो अलिक सानो स्व्रले गाउँ । कोठाभित्र गएर गाना बजाना गर्नेहो की भन्ने पनि सोचेँ तर फेही ह्या कसैले आएर डिस्टर्ब भयो भनेछन् भने सोचौंला भनेर ति ठिटिहरुको पनि वास्तै नगरि आफ्नै सुरले गाउन थालेँ । यो पटक भनेँ आखाँ चिम्लिेरै गाएँ । यो गितका शव्द शब्द फिल गर्नुथियो मलाइ त्यहि यक व्यक्तिलाइ सम्झेर जसलाइ मैले आजसम्म भटेको छैन र देखेको पनि छैन । गित सकियो र आँखा खोलेँ । आँखा खोल्दा मेरो अघिल्तिर ति दुवै ठिटिहरु उभिएको दखेँ । मैले आँखा खोलेर गाउन बन्द गरेको देखेर दुबैले ओठमा हल्का मुस्कान छर्दै हात हल्लाउँदै हाइ भने । मलै पनि हेलो भनेर मुस्काएँ । तिनिहरुले पालैपालो हात अगाडि बढाएर आफेनो परिचय दिए । ति दुइमध्य एउटीको नाम थियो ज्यासमिन र अर्किको ट्यालर । मलै पनि आफ्नो परिचय दिँदै भने माइसेल्फ प्रबल । तिमध्य एउटीले नाइस नेम भनी र अर्किले मरो गायनको प्रशंसामा केही शब्द खर्चगरि । मैले भने थ्याँक्यु but I am just a bathroom singer। दुवैजना फिस्स हाँसेर भने no, you were really singing beautiful। यसपालि भने मैले केही भनिन मुस्काइदिएँ मात्रै । कति सजिलो र उत्कृष्ठ प्रतिक्रिया छ यो मुस्कान । मैले कतै एउटा गजल पढेको थिएँ । शत्रु पनि हतियार बिसाएर गयो जबमैले हतियार मुस्कान बनाइदिएँ । See you later भन्दै दुबैले बारतिर आफ्नो पाइला लम्काए । टाढा पुग्दासम्म पनि तिनिहरुले लगाएको perfume को सुगन्धले वातावरण सुगन्धित पारिरहेको थियो । तिनिहरुलाइ मैले धेरै पटक देखेको थिएँ तर बोल्ने मौकाभने आजको challenging वेदरले जुराइदियो । यस्तै कुनै शुत्रबार राति मैले एकपटक देखेको थिएँ तिनिहरु दुबैलाइ । रक्सिको तालमा एकअर्काको ओँठमा ओँठ जोडेर चुम्बनमा व्यस्त थियो कसैले देख्ला भन्नेसम्म्को पनि पर्वाह थिएन तिनिहरुलाइ । मलाइ बुझ्न धरै समय लागेन तिनिहरु लेजविएन हुन् भनेर । गे लेजविएन र अन्य LGBT हुनु यो ठाउँमा कुनै अपराध हाइन । यहाँका मानिसहरुले यस्ताकुरालाइ सजिलै लिन्छन् प्राकृतिक रुपमा । हुन पनि LGBT हुनु उनिहरुको दोष हाइन यो त प्रकृतिको दोष हो । सोचेँ यस्ता LGBT नेपालमा कति होलन् । केही केही आजकल खुलेर आउन थालेका छन् तर अझ कति पर्दा पछाडि आफ्नो नियति भोग्दै होलान् । यहाँका र नेपालका LGBT को जिवन तुलना गरेँ । हे भगवान् तेरो लिला ।